सामरी खोलाले बगाउदा एक जना महिलाको मृत्यु

हेटौंडा टुडे
२०७८ श्रावण १४, बिहीबार ११:४६ गते

हेटौँडा/  सामरी खोलाले बगाउदा एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी ६ बस्ने ४२ वर्ष की तुलसी माया घलान रहेकी छिन । घलानको शव सामरी खोलाभन्दा २०० मिटर पूर्वमा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नावय उपरीक्षक जयश्वेर रिमालले हेटौँडा टुडेलाई जानकारी दिएका छन ।

विहिवार विहान स्थानियले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । उनलाई खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*