हेटौँडा/ लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाईएको छ ।
पूर्वमन्त्री एवम् लुम्बिनी प्रदेश सभाका माओवादी केन्द्रका सांसद सुदर्शन बरालले सत्ताको चरम दुरुपयोग गरी विमलालाई मुख्यमन्त्री पोखरलेको निवासमा ‘बन्धक’ बनाएर वा अपहरण गरेर खाली कागजमा हस्ताक्षर गराई अरुले जबरजस्ती विज्ञप्ति निकालेको आरोप लगाए ।
प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।
सेयर गर्नुहोस्






















