हेटौँडा / नेकपा एमालेको माधव नेपाल पक्षमा रहेका नेता मेटमणि चौधरीले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा आफुहरु त्यसतर्फ अघि बढ्ने बताएका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्नुपूर्व संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता चौधरीले एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको तयारी पनि गर्नुपर्नेसम्मका छलफल गरिने बताए ।
उनले केपी ओलीमा अझै पनि दम्भ र अहंकार रहेको र गुटगत भावना रहेकोले नेकपा एमालेले उनलाई सधैँ साथ नदिने र अर्को चुनावमा ओली अर्कै चुनाव चिन्ह लिएर उठ्नुपर्ने अवस्था आउने बताए ।
उनले भने ‘ केपी ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा ओली राख्छन् ।’उनले नेकपा एमाले केपी ओलीको पेवा नभई सबैको योगदानबाट बनेको संगठन भएको बताए ।
सेयर गर्नुहोस्






















