हेटौँडा/ मकवानपुरगढी गाउँपालिका अन्र्तगतका खोप केन्द्रहरुमा भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई पुन: दोस्रो डोज खोप आगामी साउन २६ गतेदेखि लाईने भएको छ ।आईतबार गाउँपालिकाले एक सूचना जारी गर्दै सबै पालिकामा खोप केन्द्र तोकिएको र आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन अनुरोध समेत गरेको छ । खोप लगाउने कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रहनेछ ।
दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड लैजानुपर्ने मकवानपुरगढी गाउँपालिकाका स्वास्थ्य प्रमुख धुव्र लामिछानेले हेटौँडा टुडेलाई बताए ।
५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरु, वैदेशिक रोजगारीमा जानेहरु र चालकहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ । स्वास्थ्य प्रमुख लामिछानेका अनुसार गाउँपालिकामा १ हजार ३ सय जनाले भेरोसेलको पहिलो खोप लगाएका छन् ।






















