हेटौँडा/ सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७ र ७८ मा सवारी वारपार गर्न समस्या भएका स्थानमा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ ।
साथै ती जिल्लामा कूल ३७.३५ किमी सडक मर्मत गरेको छ । कार्यालयको गत आव २०७७र७८ मा संशोधित बजेट रु एक अर्ब ७० करोड रहेकामा रु एक अर्ब १६ करोड उपरोक्त पूर्वाधार विकास निर्माणमा खर्च भएको कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायले बताए ।
राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत २०।६५ किलोमिटर र रणनीतिक सडक मर्मतसम्भार सडक बोर्डअन्तर्गत १६।७० किलोमिटर सडक मर्मत गरिएको छ ।
सेयर गर्नुहोस्






















