बागमती प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा बस्नेत

हेटौंडा टुडे
२०७८ भाद्र २५, शुक्रबार १२:१७ गते

हेटौँडा/ बिहीबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा जगत बस्नेतलाई नियुक्त गरेकोे छ । यस्तै नीति तथा योजना आयोगमा ३ सदस्यलाई पनि सरकारले नियुक्त गरेको छ । सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ, काठमाडौंको निलम ताम्राकार र नुवाकोटको रामशरण प्याकुरेल नियुक्त भएका हुन् । उनीहरुले शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री एवं नीति तथा योजना अयोगका अध्यक्ष अष्टलक्ष्मी शाक्यबाट सपथ लिएका छन् । सपथ लिएसँगै उनीहरुले पदभार समेत ग्रहण गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*