बागमती प्रदेश युवा परिषद्ले युवाहरुका लागि गर्यो यस्तो महत्वपूर्ण निर्णयहरु

हेटौंडा टुडे
२०७८ आश्विन ७, बिहीबार १४:४८ गते

हेटौँडा/ प्रदेश युवा परिषद, बागमती प्रदेशको पहीलो पूर्ण बैठक हेटौंडामा बसेको छ । बैठकले प्रदेशभरीका आम युवाहरुको हकहितका लागि बिभीन्न निर्णयहरु गरेको छ । प्रदेश युवा परिषद्का अध्यक्ष तथा सामाजिक बिकास मन्त्री बिजय सूबेदीको अध्यक्षतामा बैठक भएको हो ।

बैठकमा प्रदेशका सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, मन्त्रालयका निमित्त सचिब रुद्रहरी भण्डारीको बिशेष उपस्थितीमा बैठक बसेको छ । बैठकले कार्यकारी समिति तयार पारेको छ । विशिष्ट युवा प्रतिभा प्रोत्साहनका कार्यक्रम गर्ने, युवा मैत्री स्थानीय तह प्रवोधिकरण कार्यक्रम सञ्चालन गर्ने, युवा सञ्जालहरुको गठन तथा अभिमुखिकरण गर्ने निर्णय गरिएको प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभयो ।

बैठकले सिप मुलुक तालिमहरु गर्ने, अर्गानिक कृषि उत्पादनमा जोड दिने, लागु पदार्थ दुर्व्यसन तथा साइबर क्राइम सचेतना फैलाउने, चेलिबेटी बेचबिखन घरेलु हिंसा तथा लैङ्गकि विभेद सामाजिक कुरीति र यौनिक अल्पसंख्यक सचेतता कार्यक्रम सञ्चालन गर्ने, युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, अपांङ्ग युवा व्यवसायी सामग्री सहयोग तयार गर्ने, बिभीन्न खोजमूलक अनुसन्धान, युवाका तथ्यांक संकलन सफ्टवेयर निर्माण प्रवोधिकरण गर्ने, युवा प्रतिभा पहिचान गर्ने, यौनिक अल्पसंख्यकका लागि कार्यक्रम प्रस्तावको आधारमा कार्यक्रम गर्ने निर्णय भएको चौलागाईले वताउनुभयो ।

यसैगरी युवा स्वयंसेवक तालिम सञ्चालन गर्ने, युवा महिला उद्दमशिलता प्रवर्द्धन कार्यक्रम गर्ने, स्थानीय तहको समन्वय तथा संघ संस्थाको सहकार्यमा युथ ईन्नोवेशन तथा ईनक्युवेसन कार्यक्रम संचालन गर्ने, शिक्षा, स्वास्थ्य क्षेत्र लगायत युवा विकास कार्यक्रमहरुको बिषयमा निर्णय गरेको उहाँले वताउनुभयो ।

बैठक प्रदेश युवा परिषद्का अध्यक्ष तथा सामाजिक बिकास मन्त्री बिजय सूबेदीको अध्यक्षतामा बैठक भएको हो । बैठकमा प्रदेशका सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं ,मन्त्रालयका निमित्त सचिब रुद्रहरी भण्डारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*