नेकपा समाजबादी मकवानपुरको केदारनाथ दुलालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा

टुडे संवादाता
२०७८ आश्विन ९, शनिबार १८:४५ गते

हेटौँडा/नेकपा समाजबादी मकवानपुरको केदारनाथ दुलालको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी घोषणा भएको छ । जिल्ला कमिटी घोषणा कार्यक्रमबाट बालकृष्ण चौलागाईं कार्यालय सदस्यमा मनोनीत हुनुभएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा समाजबादिका केन्द्रिय संयोजक राजु कार्की बिशेश अतिथिमा नेकपा समाजबादिका प्रवक्ता मानबहादुर तामाङ अतिथिहरुमा बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना, २ नम्बर प्रदेश इन्चार्ज बद्री यादव, कार्यलय सदस्य बालकृष्ण चौलागाईं, श्याम प्रसाद दहाल, माधव दाहाल तथा युवा नेता राजेन्द्र पुडासैनीको उपस्थिति थियो ।

कार्यक्रममा स्वागत मन्तव्य युवा नेतृ सुस्मिता कट्टेलले राख्नु भएको थियो । जिल्ला कमिटीको जिम्मेवारी आगामी बैठकबाट टुङ्गो लागाउने जिल्ला इन्चार्ज केदारनाथ दुलालले बताएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*