हेटौँडा/ मंगलबार हेटौंडा-१०गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट २९ जनाको स्वाब संकलन गरिएको छ। कोरोना शंका लागेका २९ जनाले कोरोना जाँचका लागि स्वाब संकलन गराएका छन । जसमा १५ जना महिला र १४ जना पुरुष रहेका छन। संकलन गरिएको स्वाब परीक्षणका लागि हेटौंडा अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए।
सेयर गर्नुहोस्






















