कांग्रेस गढी-३ वडा कमिटिद्वारा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

हेटौंडा टुडे
२०७८ आश्विन १४, बिहीबार १७:२५ गते

हेटौँडा / नेपाली कांग्रेस गढी गाउँपालिका वडा नंम्बर-३ ले गढी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत एवम सम्मान गरेको छ ।

बिहिबार चियापान तथा चाडपर्वलाई लक्षित गर्दै शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेस गढी-३ नंम्बर वडा कमिटिद्वारा नवनिर्वाचित समितिलाई सम्मान तथा स्वागत गरेको हो ।

विजय लामा थोकरको सभाध्यक्षतामा भएको कार्यक्रममा  विष्णु लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली कांग्रेस जिल्ला सदस्य अर्जुन दाहाल, दोर्जे लामा स्याङ्तान लगायतको उपस्थितिमा बडा दसैको शुभकामना आदानप्रदान साथै नवनिर्वाचितलाई सम्मान तथा बधाई दिईएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस गढी गाउँपालिका वडा सभापति राजविर मोक्तान, सचिव आईत सिहं लो र वडाका कार्यसािति सदस्यहरु लगायतलाई सम्मान  गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*