हेटौँडा/ हेटौंडा-१६ मा विभिन्न पार्टीबाट एक सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबाट एक सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्रबाट छविलाल दंगाल, रामेश लामा, मेन्दुमाया तुम्सिङ, नेकपा एमालेबाट योङनाथ दंगाल, भरत गौतम, राप्रपाबाट अमोज दंगालसहित १ सय ५० जना कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा मेघनाथ पनेरु शंकरको अध्यक्षतामा ३२ सदस्यीय तरुण दल हेटौंडा-१६ इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा अच्युत नेपाल, विश्वास बस्ताकोटी, सचिव सुवर्ण पौडेल, आशिष बास्तोला, कोषाध्यक्ष प्रेरणा रेग्मी, सहसचिव अर्जुन विश्वकर्मा लगायत छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता एवं हेटौंडा-१६ का वडा सभापति सोमनाथ दंगालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला सल्लाहकार रिता खनाल, जिल्ला सदस्य प्रदिप कोइराला, नगर सभापति उत्सव इटेनी, उपसभापति रामकृष्ण कोइराला, निवर्तनमान नगरसभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सचिव सचित थापा, नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।






















