कांग्रेस मनहरी–२ मा टोल समिति गठन

हेटौंडा टुडे
२०७८ कार्तिक २६, शुक्रबार १६:३५ गते

हेटौँडा/ नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ मा टोल समिति गठन भएको छ । आज (शुक्रबार) कांग्रेस मनहरी–२ का सभापति प्रेमबहादुर गोङ्बाको सभाध्यक्षमा घट्टेपाखा टोल विकास समिति गठन भएको हो । समितिको संयोजकमा सुरेश मुक्तान चयन भएका छन् । मुक्तानको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन भएको हो ।

यस्तै, समितिको सह–संयोजकमा नवराज रुम्बा, सचिवमा अर्जुन रुम्बा, कोषाध्यक्षमा बिमला मुक्तान चयन भएका छन् । यसैगरी सदस्यहरुमा बादल रुम्बा, अर्जुनकुमार रुम्बा, नविन घलान, मुना सिं रुम्बा, गोपाल रुम्बा, शान्तिमाया रुम्बा र दिलकुमारी गोङ्बा रहेका छन् । कांग्रेस मनहरी गाउँपालिकाका सह–सचिव चट्टान स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सभापति चन्द्रबहादुर घलान, क्षेत्रिय प्रतिनिधि रत्नबहादुर स्याङ्तान, कांग्रेस मनहरी–२ का सचिव आत्मराम रुम्बा, सह–सचिव विवेक मोक्तान, सदस्यहरु क्रमशः रन्जन पन्त, कान्छाराम लामालगायतको सहभागिता रहेको थियो । तु खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*