हेटौँडा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश अध्यक्षमा बिक्रमबहादुर थापा सर्बसम्मत चयन भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न प्रदेश अधिवेशनले पुर्व मन्त्री थापाको अध्यक्षतामा ३४ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको हो । सो प्रदेश समितिमा चितवनका माधव भट्टराई, ज्ञानुजंग लामा चयन भएका छन् । दिपेन्द्र रेग्मी, लक्ष्मी देशार, गोमा पौडेल पनि प्रदेश समितिमा चयन भएका छन् ।काठमाडौं जिल्ला समिति अध्यक्ष नवराज सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्रपाका अध्यक्ष पशुपति शम्शेर जवरा, अतिथि बागमति प्रदेश साम्सद रिना गुरूङ, रिता माझि लगायतले मन्तव्य व्यक्त गरेका थिए । बागमती प्रदेश भित्रका १३ वटा जिल्लाका जिल्ला कार्यसमिति अध्यक्षहरू तथा प्रदेश प्रतिनिधि सदस्यहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।





















