हेटौंडा/प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन मकवानपुरको थाहा नगरमा सम्पन्न भएको छ । सम्मेलनले ले अञ्जली थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला समन्वय समिति निर्विरोध निर्वाचित गरेको छ ।
समिति उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामालाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा सरला अधिकारी, नवराज वाईवा, उमेश राई, अर्जुन संजेल, नुजाता सुवेदी, मुकेश गोले, पविना लामा, ओम फुयाँल, राजेश थापा गरिब, मन्जु मैनाली, मनिता दानी, सानुबाबु मुक्तान र मुक्तिनाथ उप्रेती रहेका छन् ।
सम्मेलनले प्रेस सेन्टरको केन्द्रीय तथा प्रदेश प्रतिनिधि पनि छानेको छ । कौशल पाण्डे, नवराज शर्मा तिमल्सिना, कमलचन्द्र सुमन, ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगरलाई केन्द्रिय प्रतिनिधी छानेको हो ।
यस्तै, ध्रुव अधिकारी, राजु शाश्वत लामिछाने, ईच्छापूर्ण कार्की, यादव चौलागाई, मीना श्रेष्ठ, अशेष ढुङ्गाना, भावना रिजाल, रन्जिता डंगोल र अजिव भट्टराईलाई प्रदेश प्रतिधिनी चयन गरेको छ ।
सम्मेलनमा बागमती प्रदेश सरकारी सामाजिक विकास मन्त्री एवं नेकपा माओवादी केन्द्र मकवानपुरका केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा प्रेस सेन्टरका बागमती प्रदेशका ईन्चार्ज लक्ष्मण खड्काको विशेष आतिथ्यता थियो ।
कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विष्णु बिष्ट ‘आदर्श’, माओबादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, पार्टीका थाहा नगर अध्यक्ष अरुण रायमाझी, वडा नम्बर ३ का अध्यक्ष राजेश केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।






















