हेटौंडामा भोलि बृहत मोटर साईकल र्‍याली

टुडे संवादाता
२०७८ मंसिर ६, सोमबार १२:४५ गते

हेटौंडा/हेटौंडामा भोलि बृहत मोटर साईकल र्‍याली हुने भएको छ । मंसिर ७ गते (भोली)चितवनमा हुने नेकपा एमलेको १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा मोटर साईकल र्‍याली हुने भएको हो ।

एमाले मकवानापुरका सचिव एवं र्‍याली व्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठका अनुसार महाधिवेशनको पूर्व सन्धायमा महाधिवेशनको प्रचार प्रसारको लागि उक्त मोटरसाईकल र्‍यालीको आयोजना गरिएको हो ।
उनका अनुसार मोटरसाईकल र्‍याली भोलि दिउँसो १ बजे हेटौंडा ४ स्थित हुप्राचौरबाट सुरु हुनेछ ।

‘बृहत मोटरसाईकल ¥याली भोलि १ बजे हुप्रचौरबाट सुरु हुन्छ,हुप्रचौरबाट रातोमाटे पुग्नेछ । त्यहाँबाट पूर्व लागेर चिसापानी पुग्नेछ । चिसापानीबाट चौघोडा हुँदै सोनोपोखरा कान्तिराजपथ आउनेछ । सचिव श्रेष्ठले भने, त्यहाँबाट मानसचोक निस्कदै चौकीटोल हुँदै बुद्धचोक,राप्तीरोडबाट बाईपास हुँदै मेनरोडबाट सिमाचोकमा आईपुगेर कोणसभामा परिणत हुनेछ ।’

सचिव श्रेष्ठले सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरुलार्ई यालीमा सहभागि हुन अनुरोध समेत गरेका छन् । र्‍यालीमा ५ सय भन्दा बढी मोटरसाईकलको सहभागि रहने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*