कांग्रेस प्रतिनिधि सभा १ सभापतिमा दामोदर खनाल निर्विरोध

हेटौंडा टुडे
२०७८ मंसिर ६, सोमबार १४:३९ गते

हेटौंडा ।  कांग्रेस १४ औं महाधिवेशनको लागि कांग्रेस मकवानपुरको प्रतिनिधिसभा अधिवेशन अन्तगर्त क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन् । यसअघि उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले फिर्ता लिएपछि खनाल संघीय सभापतिमा निर्विरोध भएका हुन् । क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छिन् । जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध भएका छन् । दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*