प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने

टुडे संवादाता
२०७८ मंसिर ७, मंगलवार १७:०९ गते

हेटौंडा/नेपाल प्रेस युनियनका महासचिव अजयबाबु  शिवाकोटीले  नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार काठमाडौंकोे कमलपोखरीस्थित लसुन रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

शिवाकोटीले मिडिया उद्यमीको रूपमा आफू दलीय राजनीतिमा प्रवेश गरेको बताए । अब मिडिया उद्यमीका रूपमा रहन्छु । प्रेस युनियनमा फर्केर आउँदिन,उनले भने ।

प्रेस युनियनमा रहँदा पनि आफूले पार्टीको काम गरिरहेको उनको भनाइ थियो । अब प्रत्यक्षरूपमा राजनीति गर्ने सोच बनाएको छु । केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेछु । मैले सम्पादकीय नेतृत्व महाधिवेशन प्रतिनिधि हुँदादेखि नै छोडिसकेको छुु, उनले स्पष्टीकरण दिए।

आफूलाई दोलखा कांग्रेसका सबै समूहको समर्थन रहेको पनि दाबी गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*