नेपाल तरुण दल हेटौंडा-६ को आर्थिक सहयोग

हेटौंडा टुडे
२०७८ मंसिर १२, आईतवार १५:३१ गते

हेटौँडा/ नेपाल तरुण दल हेटौडा–६ नम्बर इकाइ समितिले यहाँको एक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

तरुण हेटौडा–६ का कालीपोखरीका कमल सापकोटाको परिवारलाई ५ हजार आर्थिक सहयोग गरेको नेपाल तरुण दल हेटौडा–६ का अध्यक्ष कमल कोईरालाले बताए । सापकोटाको पिता रामहरि सापकोटाको हालै निधन भएको र आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएका कारण आर्थिक सहयोग गरिएको अध्यक्ष कोईरालाले बताए । सहयोग रकम हेटौडा–६ का वडा सदस्य राजकुमार बास्तोला, अध्यक्ष कोईराला लगायतकाले हस्तान्तरण गरेका थिए ।

तरुण दल वडा नम्बर ६ ले यस अघि पनि विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य उपचार, खाद्यान्न तथा आर्थिक सहयोग र विभिन्न प्रकारका सामाजिक काम गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*