हेटौँडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत हुन जिल्ला अधिवेशनमा युवा नेता राजिव न्यौपानेले चितवन उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमिति सचिव रहेका न्यौपानेले यसअघि नै उपसभापतिमा उम्मेदवारी घोषणा गरि चुनावी प्रचार अभियानलाई तिब्र पारेका छन् ।
उनी अहिले अग्रज, समकालीन र युवा नेता कार्यकर्ता माझ आफ्नो एजेन्डा लिएर पुगिरहेका छन् । सबैबाट सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाएको न्यौपानेले बताए । अग्रज, समकालीन र युवा नेता कार्यकर्ताको भावनालाई प्रतिनिधित्व गर्दै आफु उपसभापतिमा उम्मेदवार बन्न लागेको बताउँदै जिल्लामा सबै तहमा कांग्रेसलाई अझ सशक्त बनाउन आफ्नो भुमिका रहने उनले बताए । कांग्रेसका कार्यकर्ताले पनि सधैं सुखदुखमा साथ दिने न्यौपानेको उम्मेदवारीले चितवन कांग्रेसको सुदृढीकरणमा टेवा पुग्ने प्रतिक्रिया दिएका छन् ।





















