एमसीसी खारेजीको माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौंडा टुडे
२०७८ पुष ६, मंगलवार १८:२० गते

हेटौंडा । हेटौंडामा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी को विरुद्धमा प्रदर्शन गरिएको छ ।  मंगलबार आज  दिउँसो हेटौंडाको सिमाचोकमा नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा क्रान्तिकारी माओवादी मकवानपुर, नेकपा मसाल मकवानपुर, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुरको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग राख्दै प्रदर्शन भएको हो । प्रदर्शनमा उल्लेखनिय विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनिहरुले नो एमसीसी, रिजेक्ट एमसीसी, राष्ट्रिघाती एमसीसी खारेज गर लगाएतको प्ले कार्ड बोकेका थिए । प्रदर्शनलाई विप्लव मकवानपुरका ईन्चार्ज नयन र नेकपा क्रान्तिकारी माओवादी मकवानपुरका इन्चार्ज सागरले सम्बोधन गरेका थिए । उनिहरुले एमसीसी राष्ट्रहित नभएको भन्दै सरकारलाई एमसीसी फिर्ता गर्न आग्रह गरेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*