हेटौंडा/नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको साेमवार बसेको बैठकले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा आउँदो पुस २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो।
निर्वाचन समितिले जारी गरेको सूचनामा प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको उल्लेख गरिएको छ।
सेयर गर्नुहोस्






















