हेटौंडा/राप्रपाका पुर्व अध्यक्ष कमल थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका छन । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ३१ बर्षीय राप्रपा यात्राबाट अलग हुने बताएका हुन् ।
पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीति पार्टीको भित्रै बिताउने र पार्टी मै रमाउने चाहना भएतापनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ भन्दै प्रेस विज्ञप्ती जारी गर्दै पार्टीबाट अलग रहेको बताउनुभयो ।
उनले पार्टी निर्मल निवासबाट संचालित भएको र राप्रपा अब हिन्दु राज्यको एजेन्डाको वकालत गर्न नसक्ने भन्दै ३१ बर्षीय राप्रपा यात्राबाट अलग भएको बताए। उनले छिट्टै नयाँ दल समेत खोल्न बताए।
यस्तो छ विज्ञप्ती

सेयर गर्नुहोस्






















