हेटौंडा । गठबन्धन सरकारले संसदबाट एमसीसी पारित गरेसंगै विरोधमा आह्वान भएको नेपाल बन्दको कारण मकवानपुरको पनि जनजीवन प्रभावित भएको छ । एमसीसीको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा आज फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका हुन् । बन्दको कारण मकवानपुरको जिल्ला भित्र चल्ने सवारी साधन आवत जावत बन्द रहेको छ भने लामो दूरीको यातायात पनि बन्द रहेको छ । यहाँको सम्पूर्ण सरकारी तथा नीजि शैक्षिक संस्थाहरु पनि बन्द रहेको छ ।
सेयर गर्नुहोस्






















