भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा सेना दिवसमा सम्मानित

हेटौंडा टुडे
२०७८ फाल्गुन १७, मंगलवार १९:२८ गते

हेटौंडा । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई नेपाली सेना दिवसको अवसरमा प्रधान सेनापति प्रंससा निशानबाट सम्मान गरिएको छ । नेपाली सेनाको भावनासंग जोडिएको ऐतिहासिक चिसापानीगढी पुर्ननिर्माण र संरक्षण कार्यमा तदारुकता देखाएको भन्दै सेना दिवसको अवसरमा अध्यक्ष लामालाई सम्मान गरिएको हो । प्रधान सेनापति महारथी प्रभुराम शर्माको हातबाट सेना दिवस २०७८ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सम्मान गरिएको हो । देशभरै ४३ जना गैर सैनिकलाई सेनाले सम्मान गरेको हो । भीमफेदी गाउँपालिका, संस्कृति पर्यटन मन्त्रालय र पुरातत्व विभागको संयुक्त लागतमा २८ करोडको गुरु योजना निर्माण गरी चिसापानी गढी संरक्षण र पुर्ननिर्माण कार्य भईरहेको छ । गाउँपालिकाले केही महिनाअघि प्रधानसेनापतिकै हातबाट चिसापानी गढीको पुर्ननिर्माण कार्यको समुद्घाटन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*