कोरोना संक्रमणको दर घटेसंगै मकवानपुर प्रशासनद्वारा जारी प्रतिबन्धात्मक आदेश हटाउने निर्णय

हेटौंडा टुडे
२०७८ फाल्गुन २३, सोमबार २१:०९ गते

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण घटेसंगै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जारी गरेका प्रतिबन्धात्मक आदेश हट्ने भएका छन् । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक यस्ता आदेश हटाउन सिफारिस गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे संयोजकत्वको समिति यस्ता आदेश सोमबारदेखि नै हटाउन सिफारिस गरेको छ । बैठकले आगामी दिनमा कोभिड १९ को संक्रमण फैलिन नदिन सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यावसायिक, औद्योगिक लगायतका गतिविधि सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डहरू निरन्तर अवलम्बन गर्ने, गराउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*