हेटौंडा । स्थानीय तह निर्वाचनको लागि मकवानपुरमा गठबन्धन हुने भएको छ । नेपाली काग्रेश सहित सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले आगामी स्थानिय निर्वाचनमा मकवानपुरमा गठबन्धन गरेर अगाडी बढ्ने निर्णय गरेको हो । गठबन्धनका लागी बैठकले नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको संयोजकत्वमा ५ दलिय संयन्त्र समेत निर्माण गरेको बताईएको छ । संयन्त्रको सदस्यमा नेकपा माओवादी केन्द्रका तर्फबाट सर्केश घलान,नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका तर्फबाट सोनाम सिं स्याङ्तान,जनमोर्चा नेपालका तर्फबाट नीर बहादुर सिन्तान रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । गठबन्धन दलको शनिबार पालिका स्तरीय संयन्त्र समेत निर्माण हुने बताइएको छ ।
सेयर गर्नुहोस्






















