माओवादीले माग्यो भरतपुर महानगरपालिका र हेटौंडासहित चार उपमहानगरपालिका

हेटौंडा टुडे
२०७९ बैशाख ५, सोमबार १४:२२ गते

हेटौँडा/ नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र हेटौंडासहित चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।

सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन प्रस्ताव गरेका हुन् । भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी ९जसपा० र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*