हेटौंडा-५ सितानगर टोलमा एमालेको प्रचारप्रसार कार्यालय

हेटौंडा टुडे
२०७९ बैशाख ७, बुधबार १३:२० गते

हेटौँडा/ आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काम गर्नेगरी नेकपा एमालेले हेटौंडा ५ सितानगर टोलमा कार्यालय खोलेको छ ।

पार्टी जिल्ला सचिवालय सदस्य इश्वर ढुंगानाको प्रमुख आतिथ्यमा आज बुधबार कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन गर्दै सचिवालय सदस्य ढुङ्गानाले एमालेले ५ नम्नर वडाको लागि कम बोल्ने काम बढि गर्ने नेता चयन गरेको बताउंदै यो नेतृत्वले समाजको आर्थिक सामाजिक विकासमा रोलमोडेलको काम गर्ने बताए ।

“तपाई हामीले हाम्रो टोलको लोकप्रिय सामाजिक व्यक्ति घिमिरेको उम्मेदवारीले समाजमा आशा जगाएको छ” ढुङ्गानाले भने । एमालेको सपना टोल बस्तिको बिकास, समृद्धिको भएको उनले बताए । एमालेले स्थानीय तहमा नै आय आर्जनको बाटो खोज्ने, पर्यटकीय गन्तव्यमा योजनाहरू बनाउने उनले बताए ।

“स्थानीय टोलको बिकास र स्थानीयवासीको समग्र सुरक्षाको लागि यसपटक एमालेको सिङ्गो टिम जिताउनुहोस” उनले भने । सितानगरको सुदुर भबिष्य कस्तो बनाउने भन्ने दुरगामी योजना एमालेले बनेकोले अबको कामको जिम्मेवारी सुशिल घिमिरेको टिमलाई दिन उनले आग्रह गरे । “बिगतदेखि नै एमालेको लालकिल्ला रहेको सितानगरमा अब बिजयको यात्रामा सामेल हुन बाँकी छ” ढुङ्गानाले भने ” आगामी ३० गतेको चुनाव वडाका उम्मेदवार मात्रै नभइ, टोल र समाजको भबिष्यको खाका बनाउने अन्तिम बिन्दु हो” ढुङ्गानाले भने ।

कार्यक्रम नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले सबै लागिपर्दा वडाको समृद्धि ल्याउन कठिन नभएको बताए । “हाम्रो वडा हामी सबै तरिकाले समृद्ध बनाउन सक्छौ” घिमिरेले भने “यसको लागि तपाईंहरूको साथ चाहिन्छ । वडाको विकासको सवालमा प्रतिबद्धता पत्रमा उल्लेख भएका योजनाहरू अनुसार काम गरेर देखाउने घिमिरेले बताए ।

उनले आफूलाई सामाजिक क्षेत्रमा काम गर्ने अभिलाषा पुरा गर्ने मौका दिन सितानगर टोलवासीसंग अनुरोध गरे । एमाले टोल समितिको अध्यक्ष सुरेश पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा अध्यक्ष पोखरेलले स्थानीय विकासको लागि स्थानीय टोलवासीलाई एक भएर एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा पार्टी वडा अध्यक्ष पदम बजगाईं, सचिब सुरेश लामिछाने, वडाका उम्मेदवारहरू ज्ञानबहादुर थापा, रन्जिता सिलवाल, रामबहादुर राई,भगवती बिकलगायतको उपस्थिति रहेको थियो ।खबरब्रेकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*