कांग्रेसले तोक्यो जिल्लाका लागि निर्वाचन परिचालन संयोजक

हेटौंडा टुडे
२०७९ बैशाख ८, बिहीबार १२:०६ गते

हेटौडा/ नेपाली कांग्रेस बागमती प्रदेश समितिले स्थानीय तहको निर्वाचनका लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवम् निर्देशनमा रहने गरी जिल्ला संयोजकहरु तोकेको छ । गठबन्धन दलबीच तालमेल गरी उम्मेदवारलाई विजयी गराउन जिल्ला संयोजकहरु तोकिएको बताइएको छ ।

कांग्रेस बागमती प्रदेश समितिका मुख्य सचिव राजु नेपालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला संयोजक तोकिएको बारे जानकारी गराउनुभएको छ । कांग्रेसको बागमती प्रदेश समितिले मकवानपुरका लागि निमा लामा, काभ्रेपलाञ्चोकका लागि कन्चनचन्द्र बादे, काठमाडौंका लागि राजु श्रेष्ठ, चितवनका लागि दीर्घमान श्रेष्ठ, ललितपुरका लागि ऋषिराम घिमिरे, नुवाकोटका लागि जीवन डंगोल, सिन्धुपाल्चोकका लागि हरिशरण श्रेष्ठ र भक्तपुरका लागि कृष्णलाल भँडेललाई संयोजक तोकेको छ ।

यस्तै धादिङका लागि सन्तबहादुर प्रजा, दोलखाका लागि प्रभात तामाङ, रसुवाका लागि लामाकार्पु तामाङ, सिन्धुलीका लागि दिपेन्द्र आचार्य र रामेछापका लागि भद्रा पराजुली भण्डारीलाई संयोजक तोकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*