उम्मेदवारी दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्यो एमाले

हेटौंडा टुडे
२०७९ बैशाख १२, सोमबार १४:०३ गते

हेटौँडा/ आसन्न स्थानीय तह निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्य पदहरुमा उम्मेदवारी दर्ता गर्न नेकपा एमाले हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको छ । बाजागाजा र झाँकीसहित सयौँको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पुगेका हुन् ।

एमालेबाट हेटौंडाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराउँदै छन् । त्यस्तै एमालेबाट १९ वटै वडाका अध्यक्षका उम्मेदवारहरुले मनोनयन दर्ता गराउँदैछन् । एमालेबाट वडा नम्वर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नविन सिग्देल, ५ मा शुसिल घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा ८ मा बोलबहादुर कार्की र वडा नम्वर ९ मा लक्ष्मणप्रसाद भण्डारीले उम्मेदवारी दिँदै छन् ।

त्यस्तै वडा नम्वर १० मा फुर्वादोर्जे लामा, ११ मा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिलकुमार बानियाँ र वडा नम्वर १९ मा नरनाथ सुवेदीले उम्मेदवारी दिन लागेको एमाले मकवानपुरले जनाएको छ । तु खबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*