आसन्न स्थानीय तह निर्वाचनमा कर्मचारीहरुनै चुनाव प्रचारप्रसारमा लागेको पाइएको छ । सरकारी सेवा सुविधा लिने कर्मचारी आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा लागेका हुन् ।मकवानपुरगढीका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छन् । उनी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको चुनावी प्रचारमा व्यस्त रहेकी छन् ।
उनीसँगै वडा नम्वर ३ कार्यालयका कर्मचारी सन्जिता अधिकारी पनि वडाध्यक्ष भागवत घिमिरेको चुनाव प्रचारप्रसारमा लागेकी छन् । मकवानपुरगढी मात्रै नभई हेटौंडामा पनि कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतका सरकारी कर्मचारीहरु आचारसंहिता उल्लघन गर्दै चुनावी कार्यक्रममा सहभागि भएका छन् ।
सेयर गर्नुहोस्





















