हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीनले अबको पाँच वर्षे कार्यकालको लागि पर्यटन, रोजगार, भूमिहिन सुकुम्बासी, महिला तथा बालबालिका, युवा लक्षित कार्यक्रमहरुलाई आफ्नो प्रतिवद्धता पत्रमा प्राथमिकतामा राखेका छन् ।
यस अघि पनि नेपाली कांग्रेसबाट निर्वाचित पाख्रीन अधुरा कामहरुलाई पूर्णता दिनुका साथै वडामा थप नयाँ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले स्वास्थ्य शिक्षा, खेलकुद, रोजगार, खानेपानी, वन तथा खनिज पदार्थ लगायतका क्षेत्रमा उल्लेख्य काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
उनले वडाका सडक सञ्जालको विस्तार, विद्युत, कृषिको आधुनिकिकरण, पर्यटनको विस्तार, जेष्ठ नागरिक, दलित, जनजाति तथा निर्धन उत्थान, नदिजन्य पदार्थको क्षेत्रमा आफुले जनता सँग नजिक रहेर काम गर्ने बताएका छन् ।वडामा नागरिकता बनाउने दस्तुर निशुल्क, वडालाई प्रविधिमैत्री बनाउनुका साथै गाउँपालिका भरिकै नमुना वडाको रुपमा देखाउने आफ्नो प्रतिवद्धता रहेको उनी बताउछन् ।























