हेटौडा उपमहानगरपालिका भित्र ७४ हजार १ सय ८५ जनाले गरे मतदान

हेटौंडा टुडे
२०७९ बैशाख ३०, शुक्रबार २२:५८ गते

हेटौडा । आज भएको स्थानिय तह निर्वाचन अन्तरगत हेटौडा उपमहानगरपालिका १९ वटा वडाहरुमा ७४ हजार १ सय ८५ जनाले मतदान गरेकाछन् । कुल १ लाख ४ हजार ४ सय ७३ जना मध्ये ७१ प्रतिशत मतदाताले मतदान गरेको रिपोर्ट प्राप्त भएको छ । जसमध्ये हेटौडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९३ जनाले मतदान गरेकाछन् । यो वडामा ४ हजार ७ सय ८८ मतदाता रहेका थिए ।

जसमध्ये लगभग ६९ प्रतिशतले मतदान गरेकाहुन । यस्तै हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा ३ हजार २ सय ८६ जनाले मतदान गरेकाछन् । कुल ५ हजार ८५ मतदाता रहेको यो वडामा लगभग ६४ प्रतिशतले मतदान गरेकाहुन ।यता हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ मा ३ हजार ३ सय ७५ जनाले मतदान गरेकाछन् । कुल ४ हजार ५ सय ६६ मतदाता रहेको यो वडामा लगभग ७४ प्रतिशतले मतदान गरेकाछन । यता हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ मा ५ हजार ७७ जनाले मतदान गरेकाछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*