मकवानपुरगढीमा कर्मचारी पौड्याललाई निकालियो, पत्रकारलाई प्रवेशमा रोक

हेटौंडा टुडे
२०७९ बैशाख ३१, शनिबार १५:३४ गते

हेटौंडा \ शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको क्रममा मकवानपुरगढी गाउँपालिकामा कर्मचारी युवराज पौड्याललाई मतगणनामा नराख्ने भनी सर्वदलीय बैठकमा सहमती भएपश्चात विहानबाट मतगणना सुरु भएको थियो ।

वडा नम्बर एकको एक सय मत र वडा नम्बर ८ को दुई सय मतको मतपरिणाम सार्वजानिक पश्चात पुनः कर्मचारी पौड्याल झोला सहित विना रोकतोक भित्र प्रवेश गरेकाले विवाद भए पछि करिब ५ घण्टापछि पौड्याललाई सुरक्षाकर्मीको कडाई सुरक्षाका साथ मतगणना स्थलबाट निकालिएको जनाइएको छ । युवाहरुले भ्रष्ट कर्मचारी बाहिर निकाल, प्रहरी प्रशासन मुर्दावाद भन्दै नारा लगाइएको थियो ।

यता, निर्वाचन अधिकृतको कार्यालयको व्यवस्थापन फितलो हुनुका साथै सुरक्षाको क्षेत्रमा पनि व्यवस्थापन कमजोर रहेको मत परिणाम सुन्न पुगेका स्थानीयहरुले बताएका छन् । उनीहरुले गेटदेखी मतगणना स्थलसम्म निर्वाचन अधिकृतको सेटिङमा चलिरहेको भन्दै गणना स्थलमा विरोध भइरहेको छ । मकवानपुरका अन्य स्थानीय तहमा सञ्चारकर्मीहरुलाई आउनजान सहज बनाइएता पनि मकवानपुरगढीमा भने प्रवेशमा रोक लगाईएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै अधिकृत नारन प्रसाद पोखरेलले व्यवस्थापनमा कमजोरी भएको स्विर्कादै सकेसम्म मिलाउने प्रयास रहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*