हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा पुनः कांग्रेसका बखान सिं पाख्रीन निर्वाचित भएका छन् । २ हजार २८० मत खसेको वडामा पाख्रीनले ११७१ मत प्राप्त गरी उनी सँगै प्यानलनै विजयी भएका छन् । आइतबारबाट गणना सुरुभएको उत्त वडामा सोमबार विहान अन्तिम मत परिणाम सार्वजानिक गरेको थियो । उक्त वडामा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले सन्तबहादुर सिंगारले ५९७, नेकपा माओवादी केन्द्रका जीतबहादुर लोले ३३७ मत प्राप्त गरेका थिए । त्यस्तै वडा नम्बर २ बाट गाउँपालिकाको अध्यक्ष पदको गठबन्धनका नेपाली कांग्रेस तर्फका उम्मेदवार दोर्जे लामा स्याङतानलाई १२१८ मत प्राप्त भएको थियो भने एमालेका उम्मेदवार विदुर हुमागाईले ७७४ मत प्राप्त गरेको छन् । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार मानकुमारी पाख्रीनले १०४९ र एमालेका उम्मेदवार सन्तु थिङले ६५७ मत प्राप्त गरेका छन् ।






















