मकवानपुरगढी गाँउपालिका अध्यक्षमा दोर्जे लामा, उपाध्यक्षमा मानकुमारी विजयी

हेटौंडा टुडे
२०७९ जेष्ठ ३, मंगलवार २१:०० गते

हेटौँडा ।  मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन । गठबन्धन तर्फका अध्यक्षमा नेपाली कांग्रेसका दोर्जेलामा स्याङ्तान र उपाध्यक्षमा मानकुमारी पाख्रिन विजयी हुनु भएको छन ।

मंगलबार सम्पन्न अन्तिम मत परिणाम अनुसार स्याङ्तानले ६७६७ मत ल्याई अध्यक्षमा बिजयी भएका छन भने उनका निकट्तम नेकपा एमालेका उमेदवार बिदुर हुमगाईले ५६४५ मत ल्याएका थिए । स्याङ्तानले हुमागाईलाई १०६१ को मतान्तरमा जित हाँसिल गरेका हुन् ।

यसैगरी पालिकाको उपाध्यक्षमा मानकुमारी पाख्रीन (नेपाली) ले ६११० मत प्राप्त गरि विजयी भएकी छिन् । एमालेकी उपाध्यक्षकि उमेदवार सन्तु थिङले ५२०४ मत प्राप्त गर्दा ९०६  मतको अन्तरमा पाख्रीनले विजयी हाँसिल गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*