मकवानपुरगढीका निर्वाचित जनप्रतिनिधिले लिए सपथ

हेटौंडा टुडे
२०७९ जेष्ठ ७, शनिबार ११:०० गते

मकवानपुरगढी गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले उपाध्यक्ष मान कुमारी पाख्रिनलाई सपथ ग्रहण गराए लगत्तै वडा अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । विहीबार मुख्य निर्वाचन अधिकृतबाट सपथ लिएका अध्यक्ष स्याङ्तानले पालिकाका निर्वाचित जनप्रतिनिधिको पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

सपथग्रहण कार्यक्रममा गाउँपालिकाका निर्वतमान अध्यक्ष विदुर हुमगाई, नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजविर मोक्तान,नेकपा माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिन, नेकपा एकिकृत समाजवादीका गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद दहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाको ८ वटै वडाका निर्वाचित जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको सहभागिता रहेको थियो । सपथ लिए सँगै सबै निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*