हेटौंडा । वागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले वागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानीयाँले गर्ने भएका छन । २०७८ साल कार्तिक ११ गते एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमालेको बागमती प्रदेश सरकारलाई विस्तापित गर्दै कांग्रेस , माओवादी केन्द्रको सहयोगमा एकिकिृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । एमाले सरकारलाइ बिस्थापित गर्ने क्रममा गत कात्तिक ७ गते नै यो वर्षको बजेट भाषणपछि नेकपा एसले कांग्रेसलाई सत्ता सुम्पने सहमति भएबमोजिम बानीयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
सेयर गर्नुहोस्






















