काठमाडौं महानगरपालिकाको प्रमुखमा वालेन्द्र साहले लिए शपथ

हेटौंडा टुडे
२०७९ जेष्ठ १६, सोमबार १३:२२ गते

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख पदमा वालेन्द्र साहले शपथ लिएका छन् । सोमबार (आज) राष्ट्रिय सभा हलमा आयोजित प्रमाण पत्र वितरण तथा शपथ ग्रहण समारोहमा स्वतन्त्र उम्मेदवार वालेन्द्रले शपथ ग्रहण गरेका हुन् ।साहलाई मुख्य निर्वाचन आधिकृत तथा जिल्ला न्यायधिश राजकुमार खतिवडाले नवनिर्वाचित भएको प्रमाणपत्र दिँदै शपथ गराएका थिए । वालेन्द्रले नेपाली र नेवारी भाषामा पनि शपथ लिएका थिए । यो सँगै उनी कामपाको मेयर बनेका छन् ।

साथै उपमेयरमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० की सुनिता डङ्गोलले पनि शपथ लिएकी छन् । उनलाई वालेन्द्रले शपथ गराएका थिए । सुनीताले नेवारी भाषामा शपथ लिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*