भोलिदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि बुस्टर डोज दिइने ।

हेटौंडा टुडे
२०७९ जेष्ठ २६, बिहीबार १३:५९ गते

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय मंगलबार बसेको बैठकले भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिइनेछ । बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई खोप लगाइने  जानकारी दिए ।

यस्तै, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ।खोप शाखा प्रमुख दाहालका अनुसार सो समूहका बालबालिकालाई फाइजर खोप दिइनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*