हेटौंडा । हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण कार्य सुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएको हो । करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गरिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिनुभएको छ ।
सेयर गर्नुहोस्






















