ब्यक्तिगत खर्चमा विद्यालयका अध्यक्ष पुडासैनीले कटाए विद्यार्थीको कपाल

हेटौंडा टुडे
२०७९ असार १, बुधबार २२:१३ गते

हेटौंडा । बंशगोपाल माध्यामिक विद्यालय मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले ब्यक्तीगत खर्चमा विद्यालयका विद्यार्थीहरुको कपाल काट्ने काम गरेका छन् । विद्यालयमा अध्ययनरत छात्रहरुको अधिकांश कपाल लामो राखी पठनपाठनमा संलग्न भएको पाइएकोले आफैले दुई जना कपाल काट्ने व्यक्तिलाई विद्यालयमा नै बोलाएर कपाल काट्ने काम गरेको पुडासैनीले बताए । पहिलो पटक यस कपाल काट्ने अभियानमा ७७ जनाको कपाल काटिएको उनले बताए । विद्यार्थीलाई अनुशासनमा राख्नको लागि भएपनि कपाल काट्नुपरेको उनले बताए । उनले विद्यालयमा कार्यरत शिक्षकलाई पनि कपाल काट्न निर्देशन गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*