चट्याङले गर्दा मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन

हेटौंडा टुडे
२०७९ असार ३, शुक्रबार २१:०० गते

हेटौंडा ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहिबार एक सूचना जारी गर्दे राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन गरिएको जानकारी दिएको छ । प्रशासन कार्यालयले असार १ गते राती वर्षा सँगै परेको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटर समेतका मेशिनहरु विग्रिन गएकोले अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य हाललाई स्थगन भएको सूचना मार्फत जानकारि गराएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*