हेटौंडा । भीमफेदी गाउँपालिका वडा नम्वर १ खोप्लाङमा भएको ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज दिउँसो हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको ना २ त ७५५८ नम्बरको खाली ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका हुन् ।
घाइते हुनेमा ट्याक्टरमा सवार हेटौंडा १ बस्ने अन्दाजी १८ वर्षीय राजीव रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते रुम्बाको खुट्टामा गहिरो चोट लागेको छ । उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार सम्भब नभएपछि काठमाण्डौ टमा सेन्टर रिफर गरिएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सेयर गर्नुहोस्






















