हेटौंडा । रोट्राक्ट क्लब अफ हेटौंडा र रोटरि क्लब अफ हेटौंडाको आयोजनामा शुक्रबार बंशगोपाल मा। बि। मा निशुल्क आखा सिबिर गरिएको छ । मकवानपुरगढी गाँउपालिका वडा नम्बर – २ मा रहेको बंशगोपाल मा। बि। (प्राबिधिक शिक्षालय) का जम्मा ४३२ जना बिध्यार्थिहरुलाई निशुल्क आखा जाच गरिएको थियो ।
शान्ति अप्टिकल्स सेन्टर हेटौंडाको सहयोग र बिरगंज सामुदायिक आखा केन्द्रको प्राबिधिक सहयोगमा एक दिने आखा सिबिर गरिएको हो ।आज गरिएको आखा शिबिरमा धेरै बिद्यार्थिहरुमा आखा कमजोर , आखामा सुख्खापनको समस्या , आखामा ईन्फेक्सन लगाएका समस्याहरु देखिएको बिद्यालयकि नर्स मनिसा खतिवडाले जानकारि दिनुभयो ।
सेयर गर्नुहोस्






















