हेटौंडा । सीमान्तकृत तथा गरिब १ हजार ५४१ घरपरिवारको स्वास्थ्य बीमाका लागि हेटौंडा उपमहानगरपालिकाले बजेट विनियोजित गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम बजेट उपमेयर राजेश बानियाँले प्रस्तुत गर्दै उपमहानगरपालिका भित्र रहेका घरपरिवारको स्वास्थ्य बीमाका लागि ५३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।
सेयर गर्नुहोस्






















