हेटौंडा । हेटौंडामा साईकल र ठेलामा व्यवसाय गर्नेले कर तिर्नुपर्ने भएको छ । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै कृषि उपज व्यवसाय वाहेक फुटपाथ, साईकल, ठेला तथा घुम्ती व्यवसायहरुलाई करको दायरामा ल्याइने उपमेयर राजेश बानीयाँले बताएका छन् । साथै व्यवसाय दर्ता नगरी व्यवसाय संञ्चालन गरिरहेका व्यवसायीहरुलाई अनिवार्य व्यवसाय दर्ता गराई करको दायरामा ल्याइने उनले बताएका छन् ।
सेयर गर्नुहोस्






















