सिटी कलेजको प्रबन्ध निर्देशकमा खराल

हेटौंडा टुडे
२०७९ असार १७, शुक्रबार १८:१४ गते

हेटौडा। हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित जेनिथ इन्टरनेशनल स्कूल तथा हेटौंडा सिटी कलेजले आफ्नो विद्यालयको प्रबन्ध निर्देशकमा प्राचार्य रघु खराललाई नियुक्त गरेको छ । हेटौंडामा रहेको तुल्सी मेयर मेमोरिल तथा नारायणी कलेका संस्थापक समेत रहेको खराललाई सिटी कलेजले प्रबन्ध निर्देशकमा नियुक्त गरिएको हो । खराललाई शुक्रबार एक कार्यक्रमबीच विद्यालयका प्रिन्सीपल श्रीबहादुर कार्कीले प्रबन्ध निर्देशनको जिम्मेवारी दिँदा विद्यालयमा स्वागत गरेका हुन् । सो क्रममा प्रिन्सीपल श्रीबहादुर कार्कीले खराल अनुभवी, सिप र दक्षता भएको व्यक्ति भएकाले अगामी दिनमा सहकार्य गरि अगााडी बढ्ने बताए । त्यस्तै, खरालले विद्यालयलाई मकवानपुर जिल्लामा मात्र नभएर नेपालको एक सफल विद्यालय बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफु विद्यालयको प्रबन्ध निर्देशक रुपमा नभएर संरक्षकको रुपमा काम गरि अघि बढ्ने समेत बताए ।

विद्यालयका अध्यक्ष रमिला पाण्डेको सभाध्यक्षता तथा हेटौंडा –५ का वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्रशासकीय अधिकृत सुमन्त सिलवाल, मकवानपुर बहुमुखी क्याम्पसका प्रशासकीय प्रमुख सत्य नारायण सिलवाल, प्राध्यापक डा। ललितकुमार दास, प्राध्यापक मधु कुमार सिं, सामाजिक अभियान्ता दिपेन्द्र ठकुरी तथा विद्यालयका शिक्षकको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*