फापरबारीमा ट्रयाक्टर पल्टियो , एक जनाको मृत्यु, करिब दुई दर्जन घाइते

हेटौंडा टुडे
२०७९ असार १९, आईतवार १८:३२ गते

हेटौंडा । हेटौंडा बजारबाट पूर्वी क्षेत्र पर्ने वाग्मती गाउँपालिका ७ फापरबारीमा जन्ती बोकेको ट्रयाक्टर पल्टियो छ । ट्रयाक्टर पल्टिदा १ जनाको ज्यान गएको छ भने २ दर्जन घाइते, भएका छन । मृत्यु हुनेमा कक्षा १० मा पढ्ने करिब १६ वर्षीय सलिना राई रहेको प्रहरीले जनाएको छ ।

आइतबार दिउँदो करिब ४ बजेको समयमा वाग्मती–९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना हुँदा ट्याक्टरमा सवार करिब दुई दर्जन घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली र स्थानीयहरु पुगि घाइतेलाई उद्धार गरेर उपचारका लागि हेटौंडा पठाएको प्रहरीले जानाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*