हेटौडा । श्रीलंकाको शिक्षा मन्त्रालयले चरम इन्धन संकटको कारण देखाउँदै सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाको राजधानी कोलोम्बोबाट श्रीलंकाली सञ्चारकर्मी जोसेफ थाभाराजाले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै लामो समयसम्म विद्युत् कटौतीका कारण सरकारले कोलम्बो शहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका मुख्य सहरका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको हो ।
श्रीलंकाका स्थानीय सञ्चारमाध्यमका अनुसार शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले यातायातको कठिनाइले विद्यार्थी, शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका कक्षा सञ्चालन गर्न दिइने पनि बताउनुभएको छ ।
सेयर गर्नुहोस्


















